१३ वडामा सर्वसम्मत नेतृत्व चयन गर्दै नगर अधिवेसनको तयारीमा नेकपा एमाले बुढानिलकण्ठ
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक ६।
बुढानिलकण्ठ नगरपालिकाका १३ वटै वडामा सर्वसम्मत वडा कमिटी गठन गरेको नेकपा एमाले नगर अधिवेसनको तयारीमा जुटेको छ। नगर अधिवेसन हुने वडा नं ७ मा रहेको अमुप्रस्थ पार्टी प्यालेसमा नगर कमिटीको बैठक आयोजना गर्दै नेकपा एमाले बुढानिलकण्ठले अधिवेसन तयारी अन्तिम चरणमा पुगेको बताएको छ।
नगर अधिवेसनलाई व्यवस्थित र भव्य बनाउनका लागि प्रतिवेदन लेखन,कार्यक्रम व्यवस्थापन,प्रचार प्रसार र स्वयंसेवक उप समिति घोषणा गरेको बैठकले प्रतिनिधि छनौट सहित विभिन्न विषयमा निर्णय गरेको नागर कमिटीका अध्यक्ष प्रदिप डंगोलले जानकारी दिएका छन।
कार्तिक ६ गते भएका वडा अधिवेसनहरुले नेकपा एमालेका नेता,कार्यकर्ता,समर्थक,शुभचिन्तहरुमा व्यापक उत्साह देखिएको भन्दै अध्यक्ष डंगोलले कार्तिक ९ गते सर्वसम्मत घोषणा नगर कमिटी घोषणा गर्दै निर्वाचन तयारीको अभियान शुरु गर्ने बताएका छन।
नेकपा एमालेमा देखिएको विवाद संगै चोइटिएर बनेको नेकपा एसमा सनाखत गरेका केहि जनप्रतिनिधिहरु नेकपा एमालेमा फर्किसकेको र केहि सघन सम्पर्कमा रहेको जानकारी दिदै डंगोलले अन्य नेता तथा कार्यकर्ताहरुलाई पनि ९ गते हुने अधिवेसनको उद्घाटनमा सहभागी हुनका लागि आग्रह गरेका छन।
१९ सय भन्दा बढी संगठित सदस्य रहेको नेकपा एमाले बुढानिलकण्ठको अधिवेसन कार्तिक ९ गते बिहान ११ बजे अमुप्रस्थ पार्टी प्यालेसमा हुने जानकारी दिदै डंगोलले व्यापक सहभगिताका लागि नगरवासीमा अनुरोध समेत गरेका छन।