रास्ट्रपति र प्रधानमन्त्रीको गाउँका जिर्ण सडक पिडित जनता फूलपातीको दिन प्रदर्शनमा उत्रिने

कपन अनलाइन

काठमाण्डौ ,असोज २३।

नेपालकी रास्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री शेर बहादुर देउवाको निजि निवास रहेको बुढानिलकण्ठ नगरपालिकाका जनता जिर्ण सडक निर्माणको माग राख्दै फूलपातीका दिन प्रदर्शनमा उत्रिन लागेका छन।

निकै लामो समयदेखि निर्माणाधीन रहेको नारायण गोपाल चोक-बुढानिलकण्ठ मूल सडक अलपत्र पर्दा धुलो र धुँवाले आजित भएको भन्दै स्थानीय जनताहरुले संघर्ष समिती गठन गरेर -प्रदर्शन गर्न लागेका हुन।

देशका उच्च पदस्त र प्रभावशाली व्यक्तित्वहरुको बसोवास रहेको बुढानिलकण्ठ नगरपालिकाको मूल सडकमा नै खाल्डाखुल्डी र धुलो अत्याधिक बढ्दा यसले बहुआयामिक असर परेकोले संघर्षमा उत्रिने तयारी गरेको संघर्ष समितीका संयोजक रबिन्द्र थापाले बताएका छन।

कहिले रि प्याचिंगका नाममा ,कहिले तार व्यवस्थापनका नाममा सो सडक सधै जिर्ण बनाउने खेल भएको भन्दै उनले असोज २६ गते फूलपातीका दिन ८ बजेदेखि ८ः२० सम्म  विभिन्न ब्यानर र प्ले कार्ड सहित स्थानीयहरु सडक प्रदर्शनमा उत्रिने जानकारी दिएका छन ।

तपाइँको प्रतिक्रिया ।