भगवती युवा क्लब गोकर्णेश्वर – ९ द्वारा आयोजित आन्तरिक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

भगवती युवा क्लब गोकर्णेश्वर – ९ द्वारा आयोजित आन्तरिक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

कपन अनलाइन

काठमाडौं असोज २३। गोकर्णेश्वर नगरपालिका वडा नं ९  को आर्थिक सहयोगमा भगवती युवा क्लब द्वारा आयोजित आन्तरिक ब्याडमिन्टन प्रतियोगिता  सम्पन्न भएको छ। भगवती युवा क्लबको ब्याडमिन्टन कोर्टमा बिजय दशमीको अवसरमा खेलको माध्यमबाट आपसी भाइचारा मित्रता र सामाजिक सदभाब कायम गर्दै प्रतिभावान खलाडी उत्पादनमा ब्याडमिन्टन प्रेमी खेलाडीहरुलाई समेट्ने उद्धेश्यका साथ आयोजना  गरिएको उक्त प्रतियोगिता  समापन कार्यक्रमको प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापा रहेका थिए।

त्यसैगरि  बिशेष अतिथिको रुपमा  वडा सदस्य हरि कृष्ण कारंजित, महानगरीय प्रहरी प्रभाग गोकर्णका कार्यलय प्रमुख  प्रहरी नायब निरीक्षक रामजी घिमिरे,शंखडोल कराते एकेडेमीका अध्यक्ष शिवराम कारंजित  लगायत  भगवती युवा क्लबका पदाधिकारी, खेलाडी र खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमको अध्यक्षता भगवती युवा क्लबका अध्यक्ष संजय बिक ले गरेका थिए।

 

असोज  ९ गते देखि शुरु भएको उक्त प्रतियोगितामा तर्फ उत्कृष्ट खेलाडी  रामजी कुमार श्रेष्ठ घोसित भए भने जुनियर तर्फ उदयमान खेलाडीकि रुपमा धर्म शरण श्रेष्ठ र जुनियर तर्फ सुशील तामाङ घोसित भए ।

 

त्यस्तै आज भएको  सिनियर तर्फबाट सुमन ताम्राकार  र केदार दवाडीको जोडी  प्रथम भएका छन  त्यसैगरि  बिबेक मगर र  जयराम आचर्यको जोडी  दितीय भए भने रामहरि श्रेष्ठ  र  मोहन श्रेष्ठको जोडी तृतीय भए। त्यसैगरि  जुनियर तर्फ  दिनेश के.सि  र  बिमल कारन्जितको जोडी प्रथम भए भने  कृष्ण के.सि र  राजु श्रेष्ठको जोडी दितीय भए।

त्यसैगरि  सन्जय बि.क  र  सुशील तामाङको जोडीले तृतीय भएका थिए ।  बिजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापा , बिशेष अतिथि  वडा सदस्य हरि कृष्ण कारंजित, महानगरीय प्रहरी प्रभाग गोकर्णका कार्यलय प्रमुख  प्रहरी नायब निरीक्षक रामजी घिमिरे लगायतले नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।