आक्रामक संगठन विस्तारमा नेकपा एमाले बुढानिलकण्ठ, थप दुई जनसंगठन गठन
कपन अनलाइन
काठमाण्डौ ,असोज २०।
नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीले संगठन विस्तार र परिचालनलाई तीव्रता दिने क्रममा थप दुई जनसंगठन घोषणा गरेको छ।उद्धव दाहालको अध्यक्षतामा जेष्ठ कम्युनिष्ट मंच र घनश्याम खड्काको अध्यक्षतामा नेपाल खेलकुद महासंघ बुढानिलकण्ठ घोषणा गरिएको छ।
नगरपालिकाका सबै वडा कमिटी र जन संगठन इन्चार्ज इन्चार्जको जिम्मेवारी प्रदान गरेर आक्रामक योजना अगाडी सारेको नगर कमिटीका अध्यक्ष प्रदिप डंगोलले यसै साता नेपाल खेलकुद महासंघ र जेष्ठ कम्युनिष्ट मंच गठन भएको जानकारी दिएका छन।
प्रचार तथा प्रकासन व्यवस्थित गर्नका लागि प्रचार संयन्त्र निर्माण गर्दै संगठनलाई विधि,प्रविधि र रचनात्मक गतिविधिलाई अगाडी बढाएको बताउदै अध्यक्ष डंगोलले चाडै नगर कमिटीको बैठक बसेर वडा र नगर अधिवेसनको तयारीका लागि योजना निर्माण गर्ने जानकारी दिएका छन।
बुढानिलकण्ठ नगर कमिटीले अहिले सम्म अनेम संघ,युवा संघ,उत्पीडित जातीय मुक्ति समाज,अनेरास्ववियु,जेष्ठ कम्युनिष्ट मंच र नेपाल खेलकुद महासंघ गठन गरिसकेको छ भने बुद्दिजीवी सहयोग समिती घोषणाको अन्तिम चरणमा रहेको छ।