नेपाली कांग्रेस गोकर्णेश्वर नगरसभापतिमा कुमार लामाको उम्मेदवारी घोषणा

नेपाली कांग्रेस  गोकर्णेश्वर नगरसभापतिमा  कुमार लामाको उम्मेदवारी घोषणा

कपन अनलाइन

काठमाडौँ, असोज १५ । नेपाली कांग्रेस  गोकर्णेश्वर नगर सभापतिमा कुमार लामाले उम्मेदवारी घोषणा गर्दै प्रचार अभियान शुरु गरेका छन।  नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ६ को वडा अधिबेसन बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका उनले आफू कुनै गुटको नभई सिंगो कांग्रेसको उम्मेदवार रहेको बताएका छन् । लामाले आफ्नो नेतृत्वमा पार्टी समिति निर्माण भए अबको स्थानीय निर्वाचनमा कांग्रेसले राम्रो नतिजा ल्याउनको लागि समेत असोज १६ गते हुने   नगर अधिबेसनमा नगर सभापतिमा आफ्नो उम्मेदवारी रहेको बताएका छन  ।  यस अघि  नेपाली कांग्रेस गोकर्णेश्वर नगर कोषाध्यक्ष रुपमा  कार्य गरि अनुभब बटुलिसकेका लामा सामाजिक कार्यमा पनि त्यतिकै रुची  राख्छन।

बिभिन्न बिपतका  समयमा विभिन्न अभियानहरु संचालन गरेर अफ्ट्यारोमा परेकाहरुलाई सहयोग गर्दै आएका लामाले राजनीतिलाई सेवामुखी बनाउनुपर्नेमा जोड दिदै आएका छन् ।    ‘पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउने अभियानमा मेरो उम्मेदवारी हो ’ उनले भने,। सामाजिक कार्यमा पार्टी राजनीतिभन्दा माथि उठेर युवा जोश जाँगरका साथ काम गर्ने उनको स्वभावले सबैलाई आकर्षित गर्ने गरेको छ । पार्टी गतिविधि र संगठन विस्तारमा त उनी दिलोज्यान दिएर लाग्ने गरेका छन् । बालक, युवादेखि बृद्धबृद्धासम्मको मनमा बस्न सफल  कुमार लामा नेपाली काँग्रेसको १४ औं नगर महाधिवेसन अन्तर्गत गोकर्णेश्वर नगर सभापतिमा  उम्मेदवारी दिने भएका हुन् ।

पार्टी तथा भातृ संगठनमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै सबै वडा सभापति तथा निर्वाचित क्षेत्रीय प्रतिनिधि तथा काँग्रेसजनले आफूलाई नगर सभापतिमा योग्य ठान्नेमा विश्वस्त रहेको बताउछन।जन्मजात चारतारे झण्डामुनि गोलबद्ध कुमार लामा नगरको पार्टीलाई अझ बलियो र दर्बिलो बनाउन आफ्नो उम्मेद्वारी रहेको दोहोर्याउछन् । पार्टी र समाजमा गरेको योगदानको कदर गर्दै आफूलाई पार्टीका निर्वाचित क्षेत्रीय प्रतिनिधि हरुले  नगर सभापतिको जिम्मेवारी प्रदान गरी काम गर्ने अवसर प्रदान गर्नेमा आफू बिश्वस्त रहेको उनले बताएका छन् ।नेपाली कांग्रेस भित्रको गुट उपगुटको खाडललाइ पुरेर एकता बद्द नेपाली कांग्रेसको अवधारणालाइ साकार रुप दिन पनि आफ्नो  उम्मेदवारी रहेको हुँदा    क्षेत्रीय प्रतिनिधि हरूलाई समर्थन र सहयोग गर्न अनुरोध गरेका छन ।

 

 

तपाइँको प्रतिक्रिया ।