पार्टी छाडेका जनप्रतिनिधि र नेता कार्यकर्ता फर्काउन नेकपा एमाले काठमाण्डौले कार्यदल बनायो
कपन अनलाइन
काठमाण्डौ ,असोज १४।
पार्टी छाडेका जनप्रतिनिधि र नेता कार्यकर्ता फर्काउन नेकपा एमाले काठमाण्डौले कार्यदल बनाएको छ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज कृष्णगोपाल श्रेष्ठ , सहइन्चार्जहरू रामेश्वर फुयाल, नारायण सिलवाल, सुरेन्द्र मानन्धर र रुपनारायण श्रेष्ठ लगायतको उपस्थितिमा बसेको बैठकले जिल्ला सचिव दीपक निरौलाको नेतृत्वमा कार्यदल बनाएको हो।
नेकपा एमाले केन्द्रीय सदस्य तथा काठमाण्डौ जिल्ला अध्यक्ष कृष्ण राईको अध्यक्षतामा बसेको बैठकले नेकपा एमाले विभाजनको समयमा नेकपा समाजवादी रोजेका जनप्रतिनिधि,विभिन्न पार्टीमा लागेका नेता तथा कार्यकर्ताहरु र शुभचिन्तकहरु संग सम्पर्क,समन्वय र सहकार्यका लागि सो कार्यदल बनाएको सचिव निरौलाले जानकारी दिएका छन।
सो कार्यदलमा संयोजक निरौला संगै मणिराम फुयाल,तेज ढकाल, रामेश्वर बोहरा र केशरत्न बज्राचार्य रहेका छन् । सो कार्यदलले असोज २० गतेभत्रि प्रतिवेदन बुझाउनेछ ।