नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ ( ख )को सचिवमा मनोज सिग्देलको उम्मेदवारी

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ ( ख )को सचिवमा मनोज सिग्देलको उम्मेदवारी

कपन अनलाइन

काठमाण्डौ ,असोज १०।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ ( ख )को सचिवमा मनोज सिग्देलले  उम्मेदवारी घोषणा गरेका छन। बुढानिलकण्ठ नगरपालिका वडा नं १२ बाट क्षेत्रीय प्रतिनिधि बनेका सिग्देलले क्षेत्र नं ४ ( ख ) को सचिवमा आफ्नो उम्मेदवारी रहने बताउदै प्रचार प्रसार र तयारीलाई तीव्रता दिएका छन।

विद्यार्थी जीवन देखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका सिग्देल १२ औ महाधिवेसनमा साविक कपन गाउँ इकाई  सदस्य तथा कार्यसम्पादन समितिको समिति सदस्य रहेका थिए।

त्यस्तै ट्रेड युनियन कांग्रेसको केन्द्रीय प्रतिनिधि रहेका उनले नेपाली कांग्रेस निकट ब्यापार संघको काठमाण्डौ जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्यको रुपमा पनि जिम्मेवारी बहन गरिसकेका छन।

हाल नेपाली कांग्रेस  प्रदेस ४ (ख ) समिति  सदस्य रहेका सिग्देलले पहिलो संविधान सभाको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ४ मा नेपाली कांग्रेसकी उम्मेदवार सुप्रभा घिमिरेलाई जिताउन सक्रिय र महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए भने २०७० र २०७४ को निर्वाचनमा पनि विभिन्न महत्वपूर्ण जिम्मेवारी बहन गरेका थिए।

हाल स्थानीय र प्रदेसमा जनप्रतिनिधि बिहिन रहेको क्षेत्र नं ४ ( ख ) मा संगठन र जना परिचालन गर्दै आगामी निर्वाचनमा सबै ठाउँमा नेपाली कांग्रेसलाई विजयी गराउने योजना सहित आफुले सचिव पदमा उम्मेदवारी दिएको बताउदै उनले सहयोगका लागि सबै प्रतिनिधिहरुलाई आग्रह गरेका छन।

 

तपाइँको प्रतिक्रिया ।