विद्यार्थी सरोकार नेपालले सात हजार मास्क वितरण गर्यो
फागुन २७ । विद्यार्थी सरोकार नेपालले स्वाइनफ्लूप्रति सचेत गराउँदै उक्त महामारीबाट बच्न जनचेतना फैलाउने उदेश्यले चावहिल चोकमा सात हजार मास्क बितरण गरेको छ ।
कलाकार निर्मल शर्मा गैंडा , ॐ अस्पतालका चिकित्सक डाक्टर दिपक पाण्डे, विद्यार्थी सङ्गठनहरु अनेरास्ववियु र नेविसंघका नेताहरु ले चाबहिल आसपास क्षेत्रक विभिन्न स्कुल–क्याम्पसका सयौं विद्यार्थीहरु र बाटो हिंड्ने सर्व साधरन, ट्राफिक प्रहरी, सर्वजनिक यातायातमा चढेका यात्रुलगायतलाई स्वाइन फ्लूबारे सचेत गराउँदे मास्क बितरण गरेको हुन् ।
यस कार्यक्रमलाई राजधानीका अरु व्यस्त स्थानहरुमा पनि निरन्तरता दिने विद्यार्थी सरोकार नेपालकी अध्यक्ष यसुकुमारी लामाले जानकारी दिइन् ।
तपाइँको प्रतिक्रिया ।