नेपाली कांग्रेस बुढानिलकण्ठ -९ को सभापतिमा शंकर आचार्य , को को बने पदाधिकारी ?

कपन अनलाइन

काठमाण्डौ ,असोज ६।

नेपाली कांग्रेस बुढानिलकण्ठ -९ को सभापतिमा शंकर आचार्य निर्वाचित भएका छन। असोज ५ गते भएको वडा अधिवेसनले आचार्यलाई वडा सभापतिमा निर्वाचित गरेको हो।

सो अधिवेसनले उपसभापतिमा रामबाबु घिमिरे र पदमबहादुर महत क्षेत्रीलाई निर्वाचित गरेको छ भने सचिवमा पेम्बादाेर्जे शेर्पा र शान्ती पाण्डे निर्वाचित भएका छन।

शशिकुमार खड्का र समुन्द्रराज अधिकारीलाई सह सचिवमा निर्वाचित गरेको अधिवेसनबाट सरस्वती रेग्मी पाैडेल,कुमा श्रेष्ठ, अनिल श्रेष्ठ, आत्माराम खत्री केसी, अशाेक श्रेष्ठ , बसन्त परियार, शुभद्रा खत्री, रमेशकुमार गाैतम, राजेन्द्र लुइँटेल, राजेश ढकाल, विजय शाही, निर्मला आचार्य पाैडेल, सुम्निमा न्याैपाने खड्का, राधादेवी खड्का, रजनी श्रेष्ठ, अन्जु धाैबडेल, बिरबहादुर तामाङ र ज्ञानुदेवी कलाखेती सदस्यमा निर्वाचित भएका छन।

तपाइँको प्रतिक्रिया ।