मनास्लु वर्ल्ड कलेज चुच्चेपाटीमा लायन्स क्लबको बृहत रक्तदान कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौँ, भाद्र २७ । मनास्लु वर्ल्ड कलेज चुच्चेपाटीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। शनिबार फरक सोचको आयोजना तथा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं दर्पण ,लिडरशिप फर चेन्ज सम्मुनत महिला मन्च नेपाल, मनास्लु टिम अफ इन्टरप्रेनर प्रालि, र किवानिज क्लब काठमाडौं भ्याली सहआयोजक भएको उक्त कार्यक्रममा हिमाल ब्लड ट्रान्सफ्युजन सेन्टरको प्राबिधिक सहयोग रहेको थियो।मनास्लु वर्ल्ड कलेज प्राङ्गणमा बिहान १० बजे देखि अपरान्ह बजे सम्म सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई सुरक्षित तवर बाट संचालन भएको उक्त कार्यक्रममा ३२ जना रक्तदाताले रक्तदान गरेको आयोजकले कपन अनलाइनलाइ जानकारी गराएको छ ।
रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भन्ने उदेश्य सहित आयोजित उक्त कार्यक्रममा इमिडेट पास्ट डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ, डिस्ट्रिक गभर्नर लायन रेवत बहादुर कार्की , फर्स्ट भाइस डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ लगायत आयोजक संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।छोटो समयको तयारी तथा अहिलेको प्रतिकुल अवस्थामा पनि धेरैजनाले रक्तदान गर्न इच्छा देखाए पनि स्वास्थ्य लगायत अन्य कारणले गर्दा ३२ जनाले मात्र रक्तदान गरेको आयोजकले जानकारी गराउदै बिषम परिस्थितिमा समेत स्वतःस्फुर्त रुपमा सहभागि भई रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरुलाई आयोजकले धन्यबाद दिएको छ ।