अंशबन्डा सम्बन्धी बिवादले ओखलढुंगाको खिजीदेम्बामा भाईले दाईको हत्या गरे
कपन अनलाइन
काठमाण्डौ ,भाद्र २५।
खिजीदेम्बा गाउँपालिकामा धारीलो हतियार प्रहार गरेर आफ्नै भाईले दाईको हत्या गरेका छन् । शुक्रबार दिउसो खिजिदेम्बा गाउँपालिका ५ ढाडखर्कमा अंशबन्डा सम्बन्धी बिबाद हुदाँ ६७ वर्षीय शेरबहादुर तामाङले आफ्नै दाजु ६८ वर्षीय मित्रबहादुर तामाङको धारिलो हरियार प्रहार गरी हत्या गरेका हुन् ।
हत्या आरोपमा मृतकका भाइ ६७ वर्षीय शेरबहादुर र उनका छोरा ३६ वर्षीय वीरबहादुर तामाङ पक्राउ परेका छन्। उनीहरुलाई हत्यामा प्रयोग गरेका खुकुरी र दाउसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।
दाजुभाई बिच अंशबन्डा सम्बन्धी बिवाद हुदाँ भई र भाई शेरबहादुर र उनको छोरा बिर बहादुरले धारिलो हतियार खुकुरी र दाउले टाउकोमा प्रहार गरेका थिए । उनीहरुको खुकुरी र दाउ प्रहारले टाउकोमा गहिरो चोट लागेर मित्रबहादुरको घटनास्थलमा नै मृत्यु भएको ओखलढुंगा प्रहरी प्रमुख डिएसपी गोबिन्दराज काफ्लेले जानकारी दिए ।
घटनापछि प्रहरीले शवलाई पोष्टमाटमका लागी रामेछाप पठाएको र आरोपितलाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।