नेपाली कांग्रेस बुढानिलकण्ठमा राजु की राजाराम ?
कपन अनलाइन
काठमाण्डौ,भाद्र २४।
नेपाली कांग्रेसको नगर अधिवेसन नजिकिदै गर्दा अहिले बुढानिलकण्ठ नगरपालिकाको राजनीतिक माहोल निकै तातेको छ। हरेक दिन आन्तरिक तयारी र बैठकमा रहेका नेता तथा कार्यकर्ताहरु विच अहिले नेपाली कांग्रेस बुढानिलकण्ठमा राजु की राजाराम ? भन्ने चर्चा निकै चल्ने गरेको छ।
अहिले नगर सभापति रहेका गणेश कोइरालाले नउठ्ने संकेत गरे संगै वडा नं १२ का राजु विक्रम थापा र वडा नं ११ का राजाराम बुढाथोकी मैदानमा देखिएका छन।
कपनका दुई नेताहरु मैदानमा उत्रिएपछि निकै तातेको राजनितिक माहोल संगै आन्तरिक तयारी र मत तानातानको प्रयास पनि निकै भैरहेको एक सदस्यले बताएका छन।
काठमाण्डौ क्षेत्र नं ४ का सांसद गगन थापा र क्षेत्रीय सभापति राजु श्रेष्ठको मौनताका कारण समुहगत रुपमा पक्ष विपक्ष बन्ने अवस्था नरहे पछी अहिले व्यक्तिगत रुपमा दावी र तयारी तीव्र बनेको हो।
अहिले नेपाली कांग्रेस बुढानिलकण्ठका १३ वटा वडा मध्ये केहीमा सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना देखिए पनि अधिकांशमा निर्वाचन हुने हुँदा नगर सभापतिका आकांक्षीहरुले उनीहरु संग भेटघाट र छलफललाई निकै तीव्र बनाएको एक नगर सदस्यले बताएका छन।