हालसम्म नेकपा एसको पक्षमा काठमाण्डौका ५४ जनप्रतिनिधिको सनाखत,चारको फिर्ता

हालसम्म नेकपा एसको पक्षमा काठमाण्डौका ५४ जनप्रतिनिधिको सनाखत,चारको फिर्ता

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २२।

हालसम्म नेकपा एसको पक्षमा काठमाण्डौका ५४ जनप्रतिनिधिको सनाखत भएको छ भने चार जनाले सनाखत फिर्ता लिएका छन। आज भाद्र २२ गते बेलुका ५ बजे सम्म सनाखतको म्याद रहेकोमा ३ बजे सम्म ५४ जनाले सनाखत गरेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ।

भाद्र १८ गते एकै दिन काठमाण्डौका विभिन्न स्थानीय तहका ३४ जनाले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए भने बाकि शंख्या पछिल्ला दिनहरुमा थपिएका हुन्।

नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने वडा अध्यक्षहरुमा सुद्ध कुमार डंगोल (काठमाण्डौ -७) , बालकृष्ण श्रेष्ठ (बुढानिलकण्ठ -३), ईश्वर मान डंगोल ( काठमाण्डौ -१५ ) ,जोग प्रसाद नेपाल (टोखा -९ ) ,मधु कार्की (तारकेश्वर -६ ) ,रबिन्द्र केसी ( तारकेश्वर -२ ) र घनश्याम थापा ( शंखरापुर -९ ) रहेका छन।

जिल्ला निर्वाचन कार्यालयमा पुगेर भाद्र २१ र २२ गते तारकेश्वर नगरालिककी उप्रमुख भवानी डोटेल (भानु ) ,तारकेश्वर नगरपालिका वडा नं ५ की सदस्य रमा कुमारी दाहाल,शंखरापुर नगरपालिकाका कार्यपालिका सदस्य अनिल परियार र वडा नं १ की सदस्य तिल कुमारी दमाईले सनाखत फिर्ता गरेका छन।

तपाइँको प्रतिक्रिया ।