आज बाबुको मुख हेर्ने दिन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको भीड
कपन अनलाइन
काठमाडौं, भाद्र २२ । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ ।दिवङ्गत पितालाई तर्पण, सिदादान र श्राद्ध गरेर एवम् पिताप्रति आदर सम्मान साथ मीठो खान तथा राम्रो लगाउन दिई बाबुको मुख हेर्ने पर्व मनाइँदैछ । दिवङ्गत पिताका नाममा उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदादान र श्राद्ध गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता रहेको छ । गोकर्णेश्वर उत्तरगया, बेत्रावती उत्तरगयालगायत पवित्र स्थलमा गई पितृप्रति सम्मानका साथ श्राद्ध गर्दा घर, मामाघर र ससुराली तर्फका तीनरतीन पुस्ताका पितृले मोक्ष पाउने धार्मिक विश्वास छ । आज गोकर्णेश्वर र बेत्रावतीलगायत स्थानमा विशेष मेला लाग्छ । गोकर्णमा विशेष मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ।
यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्ने गरेपनि यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण बढ्ने जोखिम कायमै रहेकाले गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिले सार्वजनिक सुचना जारि गरि मेला नलाग्ने जानकारी गराइए पनि गोकर्ण पुगेका भक्तजनको भीड ठूलै रहेको छ । स्थानीय तहले मन्दिर पूर्ण रुपमा बन्द गरी भीड नगर्न आग्रह गरेको छ तर वागमतीमा स्थान गरी तर्पण, पिण्डदान र सिदादान गर्नेहरु बाक्लै देखिएका छन् ।
फोटो : सानुकुमार श्रेष्ठ