नेपाली कांग्रेस टोखा नगरपालिकाको सभापति दशरथ बानियाको दावी
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १९।
नेपाली कांग्रेस टोखा नगरपालिकाको सभापति दशरथ बानियाले दावी गरेका छन । नेपाली काग्रेसको महाधिवेशन नजिकीदै गर्दा टोखा नगरपालिकाको सभापतिमा बानिया संगै दिपकराज जोशी , केदारनाथ पाठक र ओमकृष्ण बिमली सहित चारजनाले दावी गरेका छन ।
दशरथ बानिया २०४८ सालमा नेपाली काङ्ग्रेसको कृयाशिल सदस्य भइ तरुणदल गाउँ कमिटीको पुर्व सचिब , नेपाली काग्रेस गोङ्गबु गाउँ कमिटीका पुर्ब सचिब , नेपाल शिक्षक सङ काठमाडौ क्षेत्र न ६ का पुर्व सभापति समेत रहेका पार्टीमा निरन्तर सकृय ब्यक्ति हुन । दिपकराज जोशी वर्तमान टोखा नगरपालिका वडा न २ का वडा अध्यक्ष हुन ।
उनी पनि पार्टीको कृयाशिल ब्यक्तित्वको रुपमा रहेका छन । केदारनाथ पाठाक अर्का आकाक्षीका रुपमा रहेका छन जो वडा नम्बर ९ का निवर्तमान वडा अध्यक्ष हुन । उनी नेपाली काग्रेसको तेह्रौं महाधिवेशनमा नेपाली काग्रेस नगर सभापतिको उमेदवार भइ पराजित भएका थिए । उनलाई पनि पार्टीमा सकृय रुपमा लागिरहेका ब्यक्ति हुन ।
त्यसै गरि अर्का आकाक्षीका रुपमा रहेका छ्न ,ओमकृष्ण बिमली जो नेपाली काग्रेस टोखा नगरपालिका वडा नम्बर ३ का बर्तमान सभापतिमा रहि सक्रिय रुपमा पार्टीमा लागिरहेका ब्यक्तित्वको रुपमा लिइन्छ ।