४ दशक लामो कपनको शैक्षिक यात्राबाट बिदा लिए बाबुराम तिमिल्सिनाले
कपन अनलाइन\फाल्गुण २३, २०७१
२०३० सालतिर कपनमा शैक्षिक जीवनमा प्रवेश गरेका बाबुराम तिमिल्सिनाले यस क्षेत्रमा ४ दशक सेवा गरे । प्राथमिक शिक्षकको रुपमा सेवा शुरू गरेर उच्च मा.वि को प्रधानाध्यापकसम्म बन्ने क्रममा कपनकै सबैभन्दा पूरानो विद्यालय ग्राम शिक्षा मन्दिरमा तिमिल्सिनाले पुर्याएको योगदान अत्यन्त महत्वपूर्ण मानिन्छ । सरल व्यबहार, सौम्य व्यक्तित्व र सादा जीवनको उदाहरणसमेत बनेका तिमिल्सिना यही फाल्गुण महिनामा सेवानिवृत भएका छन् । उनी सेवानिवृत्त भएको अवसरमा ग्राम शिक्षा उ.मा.वि. परिवारसहित स्थानीयले एक विशेष कार्यक्रम आयोजना गरी उनको योगदानको चर्चा गरे ।
विद्यालयको उन्नति र प्रगतिमै ४ दशक विताएका बाबुराम तिमिल्सिनाको पुर्याएको योगदानलाई चर्चा गर्ने क्रममा सम्मानपत्रसहित दोसल्ला प्रदान गरी कपनको कतिपय क्षेत्र परिक्रमा गराइएको थियो । विदाईमा शिक्षक विद्यार्थी अभिभावक र विद्यालयका हितैसीहरुले एक आयोजना गरेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिताराम खड्का, विसुकुमार के.सी., रामप्रसाद अधिकारी लगायतका व्यक्तिले बाबुराम तिमिल्सिना र कपनको शैक्षिक क्षेत्रको बारेमा चर्चा गरेका थिए । तस्वीरमा सो कार्यक्रमको केही झलकहरु …..।(तस्वीरः विसुकुमार के.सी. फेसबुक)