केही खोरीया : गंगा लिगल (कविता )

केही खोरीया : गंगा लिगल (कविता )

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १९।

१.
शिव हाम्रो शिरमा छन्
गङा धारा बहाउछन्
यही धर्ती स्वर्ग हाम्रो
नेपाल राम्रो ।

२.
सनातन जाम्रो धर्म
बचाउने हाम्रो कर्म
छलकपट नगरौ
सत्य नै भरौ ।


सीता सावित्री मातृत्व
गर्छौ नै हामी भक्तित्व
माता देवी दुर्गा नै हुन्
सेवक बनौन् ।

४.
लक्ष्मी शारदा सबै नै
मातृ शक्ति लौ हाम्रा नै
शिर राखौ लौ चरणमा
ढोग्छौ पाउमा ।

५.
सत्य धर्म शान्ति प्रेम
सबैले गरौ है धर्म
अधर्मको बास नहोस्
सम्हालौ है होस् ।

६.
सधैँ भरी हामी मिलौ
स्वार्थ त्यागी सबै मिलौ
रिस राग छोडि दिउ है
मेल राखौ है ।

७.
अति सुन्दर प्रकृति
नआवस यहीँ बिकृति
प्रकृतिले चुम्ने ठाउँ
हाम्रो यो गाउँ ।

८.
जन जनको मनमा
बसेको मन माटोमा
बिदेशीयका फर्क है
यहीँ रम्ने है ।

९.
कञ्चनजङ्गा हिमाल
यसैको छ है कमाल
छ रमणीय श्रृखला
गौरब माला ।

१०
हिमालको काखमा छ
पहाड बन माझमा छ
अति सुन्दर वर्णन
गर्छौ नमन ।

११.
हरियो भरिलो वन
सम्पति हाम्रो रमण
प्रकृति छ्टा भरिलो
अति रसिलो ।

१२
सारै प्यारो हाम्रो देश
अति सुन्दर यो भेष
अझै राम्रो बनाऔ है
लोभ लाग्दो है ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।