बुढानिलकण्ठको जगडोलमा राधाकृष्ण खट यात्रा हर्षोल्लासका साथ मनाइयो

बुढानिलकण्ठको जगडोलमा राधाकृष्ण खट यात्रा हर्षोल्लासका साथ मनाइयो

कपन अनलाइन

काठमाडौं, भाद्र १८ । प्रत्येक वर्ष कृष्ण जन्म अष्टमीको भोलि पल्ट बुढानिलकण्ठ नगरपालिका वडा नं ११ ,१३ र गोकर्णेश्वर नगरपालिका वडा नं ३ को सिमाना जगडोलमा  मनाइने राधाकृष्ण खट यात्रा  सम्पन्न भएको छ ।प्रत्येक वर्ष बाजागाजा सहित  हर्षोल्लासका साथ गाउ परिक्रम गरिने गरेको  कृष्ण रथ यात्रा  कोरोना जोखिमका कारण प्रतीकात्मक रुपमा स्वास्थ्य  सुरक्षा मापदण्ड पालन गरि  मनाइएको छ ।

जगडोल बासीले स्थानीय जात्राको रुपमा प्रत्येक वर्ष बाजागाजा भजन किर्तन सहित मनाउने   गरेको  कृष्ण जन्मअष्टमी पर्व र भोलिपल्टको रथ यात्रालाइ अघिल्लो वर्षा   कोरोना जोखिमलाइ ख्याल गर्दै सिमित ब्यक्तिहरुले मन्दिर परिसरमा नै रथ परिक्रमा गराएर मनाएका  थिए भने यस पटक भने धरैले कोरोना बिरुद्दको खोप लगाई सकेको र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर   मनाइएको स्थानीय श्यामराजा गौतमले कपन अनलाइनलाइ जानकारी गराए  ।

तपाइँको प्रतिक्रिया ।