राष्ट्रिय शहिद तथा शान्ति पार्क गोकर्ण जगडोलमा राष्ट्र सेवक कर्मचारी वृक्षारोपण अभियान शुभारम्भ

राष्ट्रिय शहिद तथा शान्ति पार्क गोकर्ण जगडोलमा राष्ट्र सेवक कर्मचारी वृक्षारोपण अभियान शुभारम्भ

कपन अनलाइन

काठमाडौँ, भाद्र १७ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित राष्ट्रिय शहिद तथा शान्ति पार्कमा राष्ट्र सेवक कर्मचारी वृक्षारोपण अभियानको शुभारम्भ गरिएको छ  ।  निजामती सेवा दिवसका अवसरमा ‘राष्ट्रसेवक कर्मचारी वृक्षारोपण अभियान’को शुभारम्भ गरिएको हो  ।बुधबार एक कार्यक्रमका बिच महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरिक्षक ढुण्डीराज न्यौपानेको प्रमुख आतिथ्यतामा राष्ट्र सेवक कर्मचारी वृक्षारोपण अभियान सुरु गरिएको हो ।

  उक्त कार्यक्रममा गोकर्णेश्‍वर नगरपालिका नगर प्रवक्ता एवं वडा ८ का अध्यक्ष मनोज कुमार ढुंगाना,  वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी, गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजीव थापा, राष्ट्रिय शहिद तथा शान्ति पार्क निजामति (स्मारक) यज्ञडोलल (जगल) साडोमुदायिक वनका अध्यक्ष सुदर्शन सिग्देल, गोकर्ण प्रहरी प्रभागका कार्यलय प्रमुख प्र.ना.नि. रामजी घिमिरे,गोकर्णेश्वर नगरपालिका वडा नं ४ का सचिव नवराज सेन लगायत स्थानिय संघ संस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो। कार्यक्रमको अध्यक्षता बुढानिलकण्ठ नगरपालिका वडा नं ११का वडा अध्यक्ष राजु अधिकारीले गरेका थिए ।

वृक्षारोपण अभियान बारे प्रकाश पार्दै राष्ट्रिय शहिद तथा शान्ति पार्क निजामति (स्मारक) यज्ञडोल (जगडोल) सामुदायिक वनका अध्यक्ष सुदर्शन सिग्देलले निजामति (स्मारक) यज्ञडाेल (जगडोल) सामुदायिक वन क्षेत्रमा नै राष्ट्रसेवक कर्मचारीहरुले सुरु गरेको अभियानलाई स्थानिय संघ, संस्था,समुदाय र सरोकारवाला निकायहरुले साथ दिदै आएको  बताए।उनले  ” जल, जमिन र जंगलको संरक्षण र उपयोग गरौं। एक घर दुइ रुख, एक गाउँ एक वन र एक नगर अनेक उध्यानको अवधारणा साथ समितिलाई टेवा पुर्‍याउन अनुरोध गरेका थिए  । कार्यक्रमलाई सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिकाका नगर प्रवक्ता एवं वडा ८ का अध्यक्ष मनोज ढुंगानाले रोपेको बिरुवा संरक्षणमा जोड दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले महानगरीय प्रहरी वृत्त बौद्धको आयोजनामा सप्ताह व्यापी वृक्षरोपण कार्यक्रम सफल शुभारम्भ भएको बताउदै ” हरियो वन नेपालको धन” नारालाई आत्मसात गर्दै थोरै बिरुवा रोपौं तर रोपिएको विरुवाको जगेर्ना गर्न अनुरोध गरेका थिए ।अध्यक्षताको आसन बाट बोल्दै बूढानीलकण्ठ वडा नं ११ का वडा अध्यक्ष राजु अधिकारीले सरकारले राष्ट्रव्यापी अभियान सुरु गरेकोले सफल बनाउन सबैलाई अनुरोध गरेका  थिए ।  उनले उपस्थित सबैलाई धन्यबाद दिदै हरियाली प्रवर्द्धन गर्ने उदेश्य सहित रोपिएको  बिरुवा संरक्षण हुनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा बिभिन्न प्रजातिका करीब ३० वटा बिरुवा रोपण गरिएको थियो  ।

तपाइँको प्रतिक्रिया ।