नेकपा एकीकृत समाजवादीको तारकेश्वर नगर कमिटी घोषणा

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १२।

नेपाल कम्युनिस्ट पाटि( एकीकृत  समाजवादी ) ले तारकेश्वर नगरपालिकामा ८१ सदस्यीय कमिटी घोषणा गरेको छ। तारकेश्वरको वडा न ६ धमस्थलीको काठमाडौको रिभर साईड रिसोर्टमा बसको बैठकले  नेकपा  एमाले हुदा माधबकुमार नेपाल समुहको कमिटीलाई   नेकपा एकीकृत समाजवादीमा समाहित गरेर  नगर कमिटी घोषणा गरेको हो। तारकेश्वर नगर कमिटीको अध्यक्ष लव कुमार वस्नेत र सचिव शिवहरी देवकोटा रहेका छन।

आज भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जिवनराम श्रेष्ठ प्रमुख अतिथि रहेका थिए।  बैठकलाई सम्बोधन गर्दै  श्रेष्ठले अहिले नेपालमा कम्युनिस्ट आन्दोलन को रक्षा केपि ओलिले गर्ने नसकेकोले नयाँ पाटि कम्युनिस्ट आन्दोलन रक्षा गर्न समाजवादी पार्टी  भएको बताएका थिए । काठमाडौ जिल्लामा नेकपा एकीकृत समाजवादी नगर कमिटी घोषणा गर्ने पहिलो नगरपालिका बनेको छ ।

तपाइँको प्रतिक्रिया ।