बुढानिलकण्ठ -१३ मा नेकपा एमालेका जनसंगठन घोषणा

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १२।

बुढानिलकण्ठ नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी एमालेले जनबर्गिय संगठन घोषणा गरेको छ।बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ मा आज भएको वडा स्तरिय भेलाले  जेष्ठ कम्युनिस्ट मन्च,अनेम संघ नेपाल,प्रचार तथा प्रसार बिभाग लगायत टोल कमिटीहरुको बिस्तार गरेको हो ।

कार्यक्रममा  नेकपा एमाले केन्द्रिय सदस्य डा.राजन भट्टराई प्रमुख अतिथि रहेका थिए भने  नगर प्रमुख उद्दव प्रसाद खरेक्ल खरेल, नगर अध्यक्ष  प्रदीप डङोल, अनेम संघ केन्द्रीय सदस्य  सरिता निरौला तथा अनेम संघ नगर संयोजक निर्मला खडकाको उपस्थिति रहेको थियोे ।

आज आयोजना भएको उक्त कार्यक्रममा जेष्ठ कम्युनिस्ट मंचमा संयोजकमा जुजुभाइ श्रेष्ठको नेतृत्वमा ४१ सदस्य,अनेम संघ नेपालमा संयोजक सरिता श्रेष्ठ १५१ सदस्य,प्रचार तथा प्रसार बिभाग सुबास श्रेष्ठ संयोजकमा ७ सदस्य सहितको बिस्तार भएको थियोे भने गाम्चा टोल कमिटी संयोजक गणेश लाल श्रेष्ठ ,माथिल्लो टुसाल टोल कमिटी बिकास श्रेष्ठ ,तल्लो टुसाल टोल कमिटी संयोजक रामप्रसाद श्रेष्ठ , टुपेक टोल कमिटी संयोजकमा कृष्ण श्रेष्ठ कौडोल टोल कमिटी सापाटार टोल कमिटी संयोजक सुरेस नगरकोटि तथा नयाँ बस्ती टोल कमिटी संयोजक देबराज के.सिलाई  संयोजकमा चयन गरिएको छ ।

संगठन बिस्तार लगत्तै विभिन्न सामाजिक गतिविधिमा सकृयता बढाइने र जसबाट सरसफाइ, रक्तदान कार्यक्रम लगायत महिला लक्षित गतिविधि ,युवा लक्षित क्रियाकलाप गरि संगठनलाई परिचालन पनि गरिने  नेकपा एमाले बुनपा १३ शाखा कमिटीका अध्यक्ष टिकेस नारायण श्रेष्ठ जानकारी गराएका छ्न।

तपाइँको प्रतिक्रिया ।