एमालेको विधान अधिवेशन र राष्ट्रिय महाधिवेशनको मिति सर्यो
कपन अनलाइन
काठमाडौँ, भाद्र ११ ।
नेकपा एमालेले विधान अधिवेशन र राष्ट्रिय महाधिवेशनको समय सरेको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकले यसअघि भदौ अन्तिमा गर्ने भनेको विधान अधिवेशन र मंसिर दोस्रो साता तय भएको राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेको हो ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी मंसिरमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । बैठकले आगामी मंसिर १०–१२ मा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले मंसिर १०, ११ र १२ गते काठमाडौंमा राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ भने आगामी असोज ४, ५ र ६ गते विधान महाधिवेशन गर्ने पनि निर्णय गरिएको छ ।
नेता पालका अनुसार केन्द्रीय कमिटी बैठकले संगठित सदस्यता असोज मसान्तभित्र नवीकरण गरिसक्नु पर्ने निर्णय गरेको छ । भदौ १६ देखि २० सम्म पार्टी मा देखापरेका समस्या समाधान र १० बुँदे भावना अनुसार पार्टी चलायमान बनाउन जिल्ला भेला सम्पन्न गर्ने पनि एमालेले निर्णय गरेको छ ।