सीपी गजुरेल भन्छन् : भारतीय सेनालाई त्रिभुवन विमानस्थलमा अभ्यास गराइयो

काठमाडौ, २२ फागुन : नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले काठमाडौको अन्तर्राष्ट्रिय विमानस्थलमा टर्की विमान उठाउन भारतको वायु सेनाको विमान ल्याएर भारतीय सेनालाई नेपाली एअरपोर्टमा ‘इक्सरसाइज’ गराइरहेको बताएका छन् ।
cp-gajurel-272x232
‘भारतीय सेनाले नेपाली सेनालाई परिचालन गर्ने’ बताउँदै उनले नेपालको राष्ट्रियताको प्रसंग उठाएर भने, ‘यस प्रकरणमा राजनैतिक क्षेत्रमात्र नभई अरु क्षेत्रमा पनि गैडाको छालाजस्तो भई सकेको देखियो ।’

माक्र्सवादी सौन्दर्यशास्त्री डा. ऋषिराज बरालद्धारा प्रकाशित ‘बर्की नम्बर १३९९९’ का सन्दर्भमा दि नेक्स्ट फ्रन्ट र संवाद डवलीले संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रियामा उनले क्रान्तिका महानायकले गति छाडी दिदा क्रान्तिको पराजय भएको र सोको अभिब्यक्ति सबैतिर निरासा, पलायन तथा कुण्ठा देखिन थालेको बताए ।
तर उनले त्यसको कारण पत्ता लगाउन जरुरी भएको बताउँदै भने, ‘अब क्रान्ति कस्ले विर्सजन ग-यो भनेर गाली गरेर पनि नपुग्ने भएकाले त्यसबाट शिक्षा लिएर क्रान्तिको बाँकी कार्यभार पुरा गर्नुपर्दछ ।’
उनले आफुहरुले गर्न चाहेको प्रयोग अहिल्यै सही सावित हुन नसके पनि त्यस्तो प्रयोग निरन्तर गर्दै गए जनताले साथ दिने विश्वास पनि ब्यक्त गरे ।
‘जनता हाम्रो परिभाषामा भगवान हुन्, उनीहरुले एक पटक पत्याएका थिए, हाम्रा कारणले नपत्याउने भए पनि पुनः ब्यवहारद्धारा पुष्टि गराउन चाहन्छौ’ उनले अगाडि भने, ‘हामी सामन्तवाद र साम्राज्यवादी पहाडरुपी शत्रुलाई पन्छाउन चिनियाँ कथाको बुढो मुर्ख मान्छे हुन परेको छ ।’
उनले नेपालमा सबैलाई मान्य संविधान लेख्नलाई अधिकार सम्पन्न राजनैतिक सभाको आयोजना गर्नुपर्ने दावी पुनः गरे । नेता गजुरेलका अनुसार, त्यसो नगरे अन्तर्राष्ट्रिय केन्द्र वा सिंहदरवारबाट र सडकबाट गरी दुईवटा संविधान जारी हुनेछ ।

तपाइँको प्रतिक्रिया ।