नेकपा माओबादी केन्द्र कागेश्वरी मनोहरा नगर समितिको कार्यालय उद्घाटन

नेकपा माओबादी केन्द्र कागेश्वरी मनोहरा नगर समितिको कार्यालय उद्घाटन

कपन अनलाइन

काठमाडौं भाद्र ६। नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रले कागेश्वरी मनोहरा नगर समितिको कार्यालय उद्घाटन तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ। शनिबार एक कार्यक्रमका बीच कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६  तिवारी टोलमामा नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका कन्द्रीय सदस्य कुमार पौडेल, काठमाडौं जिल्ला अध्यक्ष हिमाल शर्माले संयुक्त रूपमा नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र कागेश्वरी मनोहर नगर समितिको कार्यालय उद्घाटन गरेका हुन।

उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका जिल्ला कार्यालय सदस्य महेश्वर फुंयाल, जिल्ला सचिवालय सदस्य टि आर नेपाल सहितका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्ने बक्ताहरुले संगठन विस्तार एवं पार्टी कमिटी पुनःगठनका लागि अभियान सञ्चालन गर्दै आएको जानकारी गराएका थिए । जिल्ला कार्यालय सदस्य महेश्वर फुयालका अनुसार माओवादी केन्द्रले काठमाडौं जिल्लाभर वडाहरूको भेला तथा पुनर्गठन करिब करिब सम्पन्न गरेको र अब माओवादी केन्द्र टोल टोलमा संगठन बिस्तारमा केन्द्रित रहने जानकारी गराए ।

तपाइँको प्रतिक्रिया ।