आमा मुहार : छायादत्त न्यौपाने ( गीत)
कपन अनलाइन
काठमाडौं, भाद्र ५ ।
हिँड्दा हिँड्दै यात्रीहरू देउराली पछ्याइरहे
निरन्तर पाइलाहरू विचारले तानिरहे
कर्तव्यले शिखर छुने रहर सधैं बाँचिरहे
जाली झेली बार भाँच्ने साहस यो बिउँझिरहे
विकासको लहरमा शासन सत्ता जुटिरहे
सुस्ताउँदा चौतारीमा पीपलले हम्किरहे
उठाउँदा पदचाप भञ्ज्याङले डो¥याइरहे
डोरी बाटी सिर्जनाले मेचीकाली नापिरहे
सुसाउँदा नदीताल लोकभाका गुन्जिरहे
सयौं फूल माला यौटै नेपालीले उनिरहे
लहलहाउँथे फाँट–पाखा पसिनाले सिंचिरहे
उजेलिन्थ्यो आमामुहार पौरखले जितिरहे
उचालिन्थ्यो सगरमाथा सिमानामा बार रहे
मुस्कुराउँथ्यो जिन्दगी यो ओठबिच माड रहे !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।