मुक्तक: अरुणबहादुर खत्री नदी
कपन अनलाइन
काठमाडौं, भाद्र ५ ।
कविहरुका कलम किन लेख्दैनन् अचेल
नेताहरुको भाषण किन सधैँ झुठो हुन्छन्
देशको विकास गर्छु भन्नेहरुकै बीचमा
कुर्चीको दाउ हेराहेर भएपछि के पो हुन्थ्यो अचेल ।
सिर्जनामा बानी प¥यो मेरो सिर्जनामै रमाउँछु
उमेर पाको भए तापनि हातले कलम समाउँछु
हे युवाहरु बुझी राख जुनी बितोस् जाँगरी भै
मै बूढोले पनि आफ्नो खर्च आफैंले कमाउँछु ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।