जब सपना जलाइन्छ : रजाउद्दीन स्टालिन (बंगलादेश)
कपन अनलाइन
काठमाडौं, भाद्र ५ ।
शरीर, दिमाग र संसारमा परिवर्तन विस्तारै हुन्छ
सपनाहरु पनि परिवर्तन र पतन अक्सर
कहिले काहिँ रुखसँग मिसिन्छ
नदी र बाटोसँग
कहिलेकाहीँ चरा र कीराहरुसँग मिसिन्छ
एक दिन पुतली पनि जल्यो
मृगको पछि दौड्दै
धारिलो बाघ तल खस्यो
धारा किनार आँसुले भत्कियो
अहङ्कार बिना सुन्दरताको कुनै अर्थ छैन
पृथ्वीमा रहेका पदार्थहरु जलाउँदा खरानी हुन्छन्
सपनाहरु जलेको बेला त्यहाँ कुनै अवशेष बाँकी रहदैँन ।
(अनुवादः कमल ढुङ्गाना)
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।