काठमाडौंमा आज बाट ११ र १२ कक्षाका विद्यार्थीहरुलाई खोप लगाइने ,कहाँ छन खोप केन्द्र ?

काठमाडौंमा आज बाट ११ र १२ कक्षाका विद्यार्थीहरुलाई खोप लगाइने ,कहाँ छन खोप केन्द्र ?

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ४।

काठमाडौंमाआज  (शुक्रबार) बाट ४० वर्ष माथिको उमेर समूह तथा १८ वर्ष पूरा भएका ११ र १२ कक्षाका विद्यार्थी र विश्वविद्यालय तहको परीक्षाको प्रवेशपत्र लिएका विद्यार्थीलाई भेरोसेलको पहिलो मात्राको खोप लगाइने भएको छ ।

भाद्र ४,५ र ८ गते बिहान १० बजेदेखि ५ बजेसम्म काठमाडौं महानगरपालिकाले तोकेको ३२ वटा वडामा रहेका खोप केन्द्र तथा अस्पतालहरुमा सो खोप उपलब्ध गराइने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

खोप केन्द्रहरुः

१. राधस्वामी आईसोलेसन सेन्टर, सामखुसी

२. सशस्त्र प्रहरी बल अस्पताल, बलम्बु

३. वीर अस्पताल, रत्नपार्क

४. शिक्षण अस्पताल, महाराजगञ्ज

५. निजामती कर्मचारी अस्पताल, बानेश्वर

६. परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल, थापाथली

७. नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज

८. श्री बिरेन्द्र सैनिक अस्पताल, छाउनी

तपाइँको प्रतिक्रिया ।