चाडपर्व मनाउदा स्वास्थ्य मापदण्ड पालना गर्न दक्षिणकाली नगरपालिकाको अनुरोध
कपन अनलाइन
काठमाडौँ, भाद्र ३ ।दक्षिणकाली नगरपालिकाले नगरबासीलाइ चाड पर्व मनाउदा स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।नगर प्रमुख मोहन बस्नेतले जारी गरेको उक्त सुचनामा विश्व ब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस को संक्रमण काठमाडौं उपत्यका लगायत दक्षिणकाली नगरपालिकामा पनि तिब्र रुपमा फैलिरहेको हुँदा सो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नजिकिदै गरेको जनैपुर्णिमा र गाइजात्रा लगायतका चाडपर्वहरु मनाउदा नेपाल सरकारको जारी गरेको सुचना र जनस्वास्थ्यको मापदण्डलाइ पूर्ण रुपमा पालना गरि भिड भाड नगरी न्युनतम संख्यामा उपस्थित भई आ आफ्नो रितिरिवाज परम्परा अनुसार चाडपर्व मनाउन अपिल गरेका छन ।
तपाइँको प्रतिक्रिया ।