कागेश्वरी मनोहरा नगरपालिकामा ४,८२८ जनाले एस्ट्रेजेनिका खोपको पहिलो मात्रा लगाए

कपन अनलाइन

काठमाडौं ,भाद्र ३। कागेश्वरी मनोहरा नगरपालिकामा  भाद्र १ र २  गते गरि कुल ४८२८ जना लक्षित समूहले  जापानिज एस्ट्रेजेनिका खोपको पहिलो मात्रा लगाएको स्वास्थ्य शाखाले जानकारी गराएको छ ।खोप कार्यक्रम आज पनि संचालन हुने जानकारी गराइएको छ।  नगरपालिकाले ९ वटै वडामा खोप केन्द्र संचालन गरि खोप सेवा प्रदान गरिरहेको छ ।

बिहान १० बजे देखि अपरान्ह ४ बजे सम्मविश्व बिध्यालय तहको परिक्षा दिन  प्रवेश पत्र लिएका बिद्यार्थी, नया संसद भवन निर्माणमा संलग्न कर्मचारी मजदुर, बैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनमा विदेश जाने ब्यक्तिहरु, मृगौलाले काम नगरी डायलासीस गर्नु पर्ने र गरेका व्यक्तिहरु, अंग प्रत्येरोपण गरेका ब्यक्ति तथा अबुर्द रोगका बिरामीहरु, रिहाब सेन्टरमा रहेका ब्यक्ति र सो स्थानमा काम गर्ने कर्मचारीहरु, औधोगिक क्षेत्रमा कार्यरत कर्मचारी र मजदुरहरु, माइती नेपालले संरक्षणमा राखेका महिला तथा किशोर किशोरीहरु, सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीका परिवार र ३० वर्ष वा सो भन्दा माथिका उमेरका नागरिकहरुलाई खोप प्रदान गरिरहेको छ।

तपाइँको प्रतिक्रिया ।