नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेताबाट डोरमणि पौडेलको राजिनामा
कपन अनलाइन
काठमाडौँ, भाद्र २ ।
नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेताबाट मुख्यमन्त्रीसमेत रहेका डोरमणि पौडेलले राजीनामा दिएका छन्।
बुधबार उनको राजीनामासँगै नेता अष्टलक्ष्मी शाक्य नयाँ संसदीय दलको नेता चुनिएकी छन्।
‘उहाँ भर्खरै संसदीय दलको नेतामा चुनिनुभयो,’ सांसद रचना खड्काले भनिन्।
एमाले स्रोतले शाक्य अब बागमती प्रदेशको मुख्यमन्त्री बन्ने बताएको छ।
लामो समयसम्म माधवकुमार नेपाल समूहमा रहेकी शाक्य नेपाल नयाँ पार्टी गठन गर्न निर्वाचन आयोग जाँदै गर्दा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा चुनिएकी हुन्।
तपाइँको प्रतिक्रिया ।