काट्टो : बालकृष्ण गजुरेल (लघुकथा)
कपन अनलाइन
काठमाडौँ, भाद्र २ ।
रणबिर सिंह थापा ब्रिटिस गोरखा रेेजिमेण्ट लागि मेजर थिए । उनको प्रशंसा रानी भिक्टोरियाले समेत गर्न भ्याइन् । “जिउँदो कोही छ भने कि सिंह हो कि नेपाली नै हो ।” यस्ता गुणगान सबै बिदेशीहरुको मुखबाट सुन्न पाइन्थ्यो ।
बेलायतकै नागरिकता तथा आवसिय कागजात भए पनि उनले जीवनको उत्तरार्धमा नेपालमा बिताउने प्रण गरे । नेपालमा अाएर चौरासीअौँ जन्म दिन मनाउन भ्याए । पचासी बर्ष नपुग्दै साउनमा उनको मत्यु भयो । मृत्यु पछि थापाकाजीको नाक राख्न पुण्यतिथीमा दान लिने एक जना बाहुन चाहियो । कम्फर्टेवल संस्कृति तथा सान जोगाउनै पर्ने थियो ।
बाहुन खोज्न उनका छोरा मन्दिर तथा अाश्रम डुल्न थाले । डुल्दा डुल्दा एनजिअोको कुटिमा साम्यवाद जप्ने पिलन्धरे बाहुन भेटियो । उनी गरिवीको सिरेटोले सेकिएका जस्ता देखिन्थे । कसैको अवाज सुनेर वाहुन घरबाट बाहिर निस्के । उनलाई देखेपछि रणबिर सिंह थापाको छोराले अाग्रह गर्दै भने, ” लौ न ! वाहुन महोदय, बाको पुण्यतिथीमा अाईदिनु पर्यो ।” पिलन्धरे बाहुन बिस्वस्त थिएनन् । उनले शंका गर्दै भने, “मरेको तेह्रौँ पुण्यतिथीमा लिने दान र सरकारले बार-बार जारी गरेको परमादेश एकै हुन् । म काट्टो खान्न ।”