कीर्तिपुर नगरपालिकाले सौगात गृह/कोसेली घर संचालनमा ल्यायो
कपन अनलाइन
काठमाडौं, भाद्र २ । कीर्तिपुर नगरपालिका द्वारा सौगात गृह/कोसेली घर संचालनमा ल्याएको छ ।कीर्तिपुर नगरपालिका वडा नं. १०, कीर्तिपुरनयांबजार कभर्ड हल नजिकै एक वडा एक सटर कोशेली घरको लागि प्रत्येक वडामा रहेका महिला समुहलाई निशुल्क प्रदान गरिएको छ । कीर्तिपुर नगरपालिकाले कीर्तिपुर क्षेत्र भित्रका उद्यमीहरुको उत्पादन प्रवर्द्धन एबम बजारीकरण गर्ने उदेश्यले सौगात गृह / कोशेली घर संचालन ल्याएको हो।
उक्त सौगात गृह/कोसेली घरको मंगलबार कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले रिबन काटेर उद्घाटन गरेका हुन् ।कीर्तिपुर नगरपालिकाले विशेषगरी महिलाहरूलाई लक्षित गरी महिलाहरूलाई उद्यमी बनाउन विभिन्न तालिमहरू दिदै आएको छ, उक्त तालिमबाट प्राप्त सिपलाई कार्यान्वयन गरि विभिन्न बस्तुहरू उत्पादन गरिएको छ ।
ती उत्पादित बस्तुहरूलाई नै बजारीकरण गर्नका लागि नगरपालिकाले उक्त स्थान उपलब्ध गराएको हो ।महिलाहरूद्वारा उत्पादित बस्तुहरूलाई त्यस सौगात गृह/कोसेली घरमा राखी विक्री वितरण गरेर आयआर्जन गर्ने बताइएको छ ।कार्यक्रममा उप प्रमुख सरस्वती खड्का सहित जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।