कोभिड १९ बिरुद्द खोपको लागि नाम टिपाउन दक्षिणकाली नगरपालिकाको अनुरोध

कोभिड  १९ बिरुद्द खोपको  लागि नाम टिपाउन दक्षिणकाली नगरपालिकाको अनुरोध

कपन अनलाइन

काठमाडौँ, भाद्र २ । दक्षिणकाली  नगरपालिकाले नगरबासीहरुलाई कोभिड बिरुद्दको खोप लगाउन अनुरोध गरेको छ । नगर प्रमुख मोहन बस्नेतले सार्वजनिक सुचना मार्फत  विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभीड-१९ को दोस्रो भेरियन्टले दक्षिणकाली नगरपालिकालाई आक्रान्त बनाइरहेको अवस्थामा नगरबासीहरुलाई सो रोगबाट बचाउनु प्रमुख कर्तब्य भएकोले १८ बर्ष भन्दा माथिका सबैलाई खोप लगाई दक्षिणकाली नगरपालिकालाई  पूर्ण खोप युक्त नगरपालिका बनाउनको लागि यहि २०७८ साल भाद्र ३ गते भित्र खोप लगाउन बाँकी रहेका सबै नगरबासीहरुले नजिकको वडा कार्यालय, स्वास्थ्य संस्था तथा महिला स्वास्थ्य स्वयं सेविका मार्फत नाम टिपाई तोकिएको मितिमा खोप लिइ सहयोग गरिदिनको लागि अनुरोध गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।