गोकर्णेश्वर नगरपालिकाले अस्ट्राजेनीका खोपको पहिलो मात्रा लगाउन ७ वटा खोप केन्द्र तोक्यो
कपन अनलाइन
काठमाडौं भाद्र १। गोकर्णेश्वर नगरपालिकाले ७ वटा खोप केन्द्र बाट आज कोभिड १९ बिरुद्दको अस्ट्राजेनीका खोपको पहिलो मात्रा लगाउने भएको छ। नगरपालिकाले सार्वजनिक सुचना जारि गर्दै कोरोना भाइरस बिरुद्दको खोप नलगाएका १८ वर्ष भन्दा माथिको उमेर भएका ब्यक्तिहरुलाई आज भाद्र १ गते बिहान ११ बजे देखि ४ बजे सम्म ७ वटा खोप केन्द्र बाट खोप लगाइने जानकारी गराएको छ ।
१) श्री भिमदेब आधारभूत बिद्यालय गोकर्णेश्वर वडा नं २
२) श्री बाल सुधार माबी गोकर्णेश्वर वडा नं २
३) श्री सहयोगी माबी गोकर्णेश्वर वडा नं ४
४) श्री चामुण्डा माबी गोकर्णेश्वर वडा नं ६
५) श्री अरुणोदय माबी गोकर्णेश्वर वडा नं ९
६) श्री शान्ति आदर्श माबी गोकर्णेश्वर वडा नं ५
७) चार्ल्स डार्विन एकेडमी गोकर्णेश्वर वडा नं ६
तपाइँको प्रतिक्रिया ।