नेकपा एमाले गोकर्णेश्वर ३ को अध्यक्षमा बुद्धि बहादुर श्रेष्ठ

नेकपा एमाले गोकर्णेश्वर ३ को अध्यक्षमा बुद्धि बहादुर श्रेष्ठ

कपन अनलाइन

काठमाडौं श्रावण ३२ । नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) गोकर्णेश्वर नगरपालिका वडा नं ३को वडा  कमिटी अध्यक्षमा बुद्धि बहादुर श्रेष्ठलाइ चयन गरिएको छ । शनिबार ड्रिमहाउस मा भएको भेलाले उनलाई नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) गोकर्णेश्वर नगरपालिका वडा नं ३को वडा   कमिटी अध्यक्षमा चयन गरेको  हो।   २०३६ साल असार ३ गते बुवा सुन बहादुर श्रेष्ठ र आमा मैया श्रेष्ठको कोख बाट जन्मिएका बुद्धि बहादुर श्रेष्ठ २०६० सालदेखि नेकपा एमालेमा आवद्द हुदै सामाजिकतथा राजनीतिक कार्यमा सक्रिय रहदै आएका छन ।

 नेवारी संस्कृतिको जगेर्ना गर्न  भगवती  बाँसुरी खल स्थापना गरि  सक्रिय रुपमा त्यसमा आवद्द हुदै आएका  श्रेष्ठ श्री सुन्ताखान माध्यमिक बिद्यालयको व्यवस्थापन समितिको दुइ कार्यकाल अध्यक्ष भएर काम गरिसकेका छन । २०७२ सालको भूकम्प, २०६२/६३ सालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका खेलेका उनले नेकपा एमाले पार्टी संगठनलाई बलियो बनाउन तल्ला कमिटीहरुको विशेष भूमिका रहने भएकाले टोल कमिटी निर्माणलाई विशेष प्राथमिकता दिएर अघि बढ्ने बताएका छन।

पार्टिले घोषणा गरेको सबै आन्दोलन तथा संघर्षका कार्यक्रमहरुमा सक्रिय सहभागि रहँदै आएका श्रेष्ठ आफूले युवापुस्ताको आवाज बोकेर अग्रजहरुलाई सम्मान दिएर  संगठनलाइ बलियो बनाउने काम गर्ने बताएका छन् ।आगामी स्थानीय निर्वाचन वडा नं ३ मा नेकपा एमालेलाई निर्वाचित गराउने गरि बिशेष योजना सहित अगाडी बढ्ने बताएका श्रेष्ठले स्थानीय सरकारले गरेका गलत र जन बिरोधि कामको भन्डाफोर गर्ने पनि जानकारी गराएका छन ।

आगामी दिनमा  वडामा संगठन विस्तार र परिचालनको अभियान संगै  स्थानीय तहमा देखिएको अव्यवस्था र विसंगतिका वारेमा खबरदारी गर्ने बताउदै उनले विकास र समृद्धि संग जनतालाई जोड्ने पहल गर्ने जानकारी दिएका छन  गत स्थानीय तहमा वडा नं ३ को चुनावी नतिजालाई उल्टाउदै नेकपा एमालेलाइ विजयी बनाउनका लागि अग्रज,प्रौढ ,युवा सहित सबैलाई सम्मानजनक रुपमा समेटेर अगाडी बढाउने योजना रहेको बताउने श्रेष्ठले  वडा कमिटिलाइ चलायमान बनाउन  बिभिन्न कार्यक्रम गर्दै  जाने पनि बताएका छन । उक्त भेलाले नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) गोकर्णेश्वर नगरपालिका वडा नं ३को वडा कमिटी सचिबमा नवीनराज बिष्टलाइ चयन गरेको छ ।

 

 

तपाइँको प्रतिक्रिया ।