जनताको अधिकार सुनिश्चित गर्नुपर्छ : महासचिव चन्द
काठमाडौँ, १९ फागुन । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले अहिलेको समयमा जनताको अधिकार सुनिश्चित हुनु आवश्यक रहेको बताउनुभएको छ ।
अखिल नेपाल जनसांस्कृतिक महासङ्घले आज यहाँ गरेको कविताका स्वरहरु विशेष कवि गोष्ठीमा चन्दले भन्नुभयो—“परिवर्तन र प्रगतिलाई पछ्याउने हो भने हरेक व्यक्तिमा साहित्य हुनु जरुरी छ ।”
देशको राजनीति शान्ति प्रक्रिया र सहमतिभन्दा बाहिर गएकाले सहकार्य, सहअस्तित्व र साझेदारीबाट अगाडि बढे मात्र देश अगाडि बढ्ने उहाँको भनाइ थियो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापाले नेपालको परिवर्तन गर्नका निमित्त नेपालका कम्युनिस्टहरु एक हुनु जरुरी रहेको बताउनुभयो ।
कार्ल माक्र्स, लेनिन, माओदेखि नेपाली राजनीतिज्ञ विपी कोइराला र मदन भण्डारीसम्म साहित्यको अनुरागी भएकाले साहित्यमा चाख नदिने व्यक्ति राजनीतिमा पोख्त नहुने उहाँले बताउनुभयो ।
कार्यक्रममा पूर्णविराम, चेतनाथ धमला, हरिबहादुर आचार्य, अतृप्त पाण्डेय, नरनाथ तिवारी, मुक्तान थेवा, श्रेय सावी, डा. शिवशङ्कर बस्याल, बलराम तिमसिना, जीवन हमाल, राजकुमार केसी, आरोह नेपाली, युवराज नास्तिक, ढुण्डीराज अधिकारी, सङ्गीता पनेरु, भौतिक मल्ल, सीता शर्मा, विजय दर्नाललगायतले आ–आफ्नो कविता वाचन गर्नुभएको थियो ।