पारा तेक्वान्दोद्वारा विभिन्न व्यक्तित्व सम्मानित

पारा तेक्वान्दोद्वारा विभिन्न व्यक्तित्व सम्मानित

कपन अनलाइन

काठमाण्डौ ,साउन ३१।

जापानमा आयोजना हुने पारा ओलम्पिकको तयारी गरिरहेको नेपाली पारा तेक्वान्दोलाई सहयोग गर्ने विभिन्न व्यक्तीलाई सम्मानित गरिएको छ ।

आगामी अगस्ट २४ देखि सेप्टेम्बर ५ सम्म जापानको टोकियोमा गृष्मकालीन पारालम्पिक २०२० को आयोजना हुँदै छ । जहाँ नेपालको पारा टोलीको रूपमा एक खेलाडी पलेशा गोवर्धनले प्रतिस्पर्धा गर्नेछिन् । टोकियोमा हुने पारालम्पिकलाई लक्षित गर्दै करिब डेढ महिनादेखि विशेष प्रशिक्षणमा रहेको पारा तेक्वान्दोलाई सहयोग गर्ने संस्था र व्यक्तिहरू सम्मानित भएका हुन् । नेपाल तेक्वान्दो संघअन्तर्गत रहेको पारा तेक्वान्दो कमिटीले प्रेरक वक्ता (मोटिभेसन स्पीकर) रमण भट्टराई, फिजियो नेहा शाह, योगा प्रशिक्षक प्रकाश खड्कालाई सम्मान गरेको हो ।

तीनै जनाले पारालिम्पकको तयारीमा रहेकी पलेशा गोवर्धनलाई आ–आफ्ना क्षेत्रबाट बिनासुविधा सहयोग गरेका थिए । जसको कदर गर्दै नेपाल तेक्वान्दोका संघका कोषाध्यक्षसमेत रहेका पारा कमिटीका संयोजक कासिम मियाँ धोबी र कमिटीका सचिव दीपक विष्टले मायाको चिनोसहित सम्मान गरे ।

तपाइँको प्रतिक्रिया ।