मदन भण्डारी फाउन्डेसन काठमाण्डौ महानगरको रक्तदान कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,साउन ३१।
मदन भण्डारी फाउन्डेसन काठमाण्डौ महानगरको रक्तदान कार्यक्रम सम्पन्न भएको छ। काठमाण्डौ महानगरपालिका वडा नं ३० मा आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका थिए ।
नेकपा (एमाले) का केन्द्रिय सदस्य एबम विदेश बिभाग प्रमुख क. राजन भट्टराईको प्रमुख आतिथ्यतामा भएको सो रक्तदान कार्यक्रममा , केन्द्रिय सदस्य एबम काठमाडौँ जिल्ला अध्यक्ष कृष्ण राई, सचिब एबम बागमती प्रदेश सभा सदस्य दिपक निरौला, काठमाडौँ क्षेत्र न. ४ का संयोजक तेज प्रशाद ढकाल लगायात वडा नं ३० का नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
कोरोना प्रकोपको महामारीमा देखिएको रगतको अभावलाई केहि हद सम्म पूर्ति गर्नका लागि फाउन्डेसनले नियमित रुपमा सात स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको बताउदै फाउन्डेसनका महानगर अध्यक्ष टिका पराजुलीले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन ।