कपन अनलाइनले आजबाट रेडियो कार्यक्रम संचालन गर्न थाल्यो

कपन अनलाइनले आजबाट रेडियो कार्यक्रम संचालन गर्न थाल्यो

1-IMG_9770

कपन अनलाइन\१७ फाल्गुण, २०७१
बुढानीलकण्ठ नगरपालिका तथा आसपासको पहिलो तथा एकमात्र अनलाइन पत्रिका कपन अनलाइनले एफएम कार्यक्रम संचालन सुरु गरेको छ । रेडियो राजधानी १००.६ मेघाहर्जमा कपन अनलाइनले हरेक हप्ता दुईवटा कार्यक्रम संचालनको लागि समय लिएको छ । आजबाट बिधिबत संचालन गरिएको रेडियो कार्यक्रम अन्तर्गत हरेक आइतबार साँझ ४ देखि ४.३० सम्म बुढानीलकण्ठ र विकास नामको कार्यक्रम संचालन हुनेछ । बुढानीलकण्ठ र विकास कार्यक्रम बुढानीलकण्ठ नगरपालिका तथा यस आसपासका क्षेत्रको विभिन्न गतिबिधि, विकास निर्माण तथा यस क्षेत्रको समस्याहरुको पहिचान र समाधानको प्याकेज कार्यक्रमका रुपमा विकास गरिएको छ । बुढानीलकण्ठ र विकास कार्यक्रमलाई कपन अनलाइनका सम्पादक केशव पाठकले संचालन गर्नेछन् । आजबाट संचालन सुरु गरिएको बुढानीलकण्ठ र विकास कार्यक्रममा अतिथिको रुपमा प्रत्यक्ष कुराकनी गर्न बुढानीलकण्ठ नगरपालिकाका कार्यकारी अधिकृत विरेन्द्र भारती उपस्थित थिए । उनले कार्यक्रममा कुराकानी गर्दै नगरपालिकाको विभिन्न गतिबिधिका बारेमा अवगत गराएका थिए ।

1-IMG_9774
त्यसैगरी हरेक बिहिबार रेडियो राजधानीबाटै साँझ ४ देखि ४.३० बजेसम्म अर्काे कार्यक्रम कपन अनलाइनको प्रस्तुतिको रुपमा रेडियो सहकारी संचालन हुनेछ । रेडियो सहकारी कार्यक्रम विशेष गरेर सहकारी तथा आर्थिक क्षेत्रलाई समेटर संचालन गरिनेछ । यस कार्यक्रमलाई कपन अनलाइन मिडिया प्रालिका अध्यक्ष आशिष गुरागाइँले संचालन गर्नेछन् ।

तपाइँको प्रतिक्रिया ।