राजीनामाको तयारीमा लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल !

राजीनामाको तयारीमा लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल !

कपन अनलाइन

काठमाण्डौ ,साउन २७।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिने तयारीमा रहेका छन् ।अहिले केहीबेरपछि लुम्बिनी एमाले संसदीय दलको बैठक पछि पोखरेलले राजीनामा दिने तयारी गरेको स्रोतले जानकारी दिएको छ  ।

लुम्बिनी  सरकारका प्रवक्ता समेत रहेका वैजनाथ चौधरीले यसअघि मंगलबार बेलुका आज  संसदीय दलको बैठक बसेर केही निर्णय लिइने बताएका थिए ।तर उनले राजीनामाको विषय नखुलाए पनि  अधिवेशन सुरु हुनुअघि नै उनले ठोस निर्णय लिइने बताएका थिए ।

विपक्षी गठबन्धनको समावेदनपछि लुम्बिनीका प्रदेश प्रखुम अमिक शेरचनले आज १ बजेका लागि प्रदेशसभा बैठक बोलाएका छन् ।

तपाइँको प्रतिक्रिया ।