चन्द्रागिरी नगरपालिकाको सबै वडामा कोभिड १९ बिरुद्दको अस्ट्राजेनिका खोप लगाइने
कपन अनलाइन
काठमाडौं, श्रावण २३ ।चन्द्रागिरी नगरपालिकाले कोभिड १९ बिरुद्दको अस्ट्राजेनिका खोप लगाउने सम्बन्धि सार्वजनिक सुचना जारी गरेको छ । नगर प्रमुख घनश्याम गिरिले जारी गरेको सुचनामा कोभिड बिरुद्दको अस्ट्राजेनिका खोप २०७८ साल श्रावण २५ गते र २६ गते नगरपालिकाका सबै वडामा संचालन हुने भएकोले यस भन्दा अगाडी कोभीशिल्ड खोपको पहिलो मात्रा लगाएका ब्यक्तिहरुले खोप लगाएको खोप कार्ड अनिवार्य रुपमा लिई आ आफ्नो वडामा रहेको स्वास्थ्य संस्था बाट खोप सेवा लिन अनुरोध गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।