Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/08/228829574_1474144089593733_4202999583131849452_n-745x1024.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

नागार्जुन नगरपालिकाका यी खोप केन्द्र बाट अस्ट्राजेनिका खोप लगाइने

कपन अनलाइन

काठमाडौं, श्रावण २४ । नागार्जुन नगरपालिकाले कोभिड १९ बिरुद्दको अस्ट्राजेनिका खोप लगाउने सम्बन्धि सार्वजनिक सुचना जारी गरेको छ । नगर प्रमुख  मोहन बहादुर बस्नेतले जारी  गरेको  सुचनामा कोभिड बिरुद्दको कोभीशिल्ड खोपको पहिलो मात्रा नागार्जुन नगरपालिकाको रामकोट प्राथमिक स्वास्थ्य केन्द्र र सितापाइला स्वास्थ्य चौकीमा लगाएका  ब्यक्तिहरुलाई  २०७८ साल श्रावण २५ गते  र २६ गते कोभिड १९ को अस्ट्राजेनिका खोप दोस्रो मात्राको रुपमा लगाउने कार्यक्रम भएकोले  पहिलो खोप लगाएको खोप कार्ड  सहित आफुलाई पायक पर्ने खोप केन्द्रमा जानको लागि सार्वजनिक सुचना मार्फत जानकारी गराइएको छ  ।

खोप केन्द्रहरु

 १) शहरी स्वास्थ्य केन्द्र वडा नं १

 २) युनिक मोडेल बिद्यालय शान्ति चोक वडा नं २

 ३) इचंगु नारायण स्वास्थ्य चौकी वडा नं ३

 ४) पिपल्स एकेडेमी सितापाइला वडा नं ४

 ५) इलाइन मेमोरियल थापा चोक वडा नं ५

 ६) रत्न राज्य माबी रामकोट

 ७) शहरी स्वास्थ्य केन्द्र वडा नं ७

 ८) भिमढुंगा स्वास्थ्य चौकी वडा नं ८

 ९ ) वडा कार्यालय वडा नं ९

 १०) स्युचाटार स्वास्थ्य चौकी वडा नं१० मा बिहान १० बजे देखि अपरान्ह ४ बजे सम्म  खोप संचालन हुने जानकारी गराइएको छ ।

तपाइँको प्रतिक्रिया ।