गोकर्णेश्वरमा यी खोप केन्द्र बाट कोभिड शिल्ड खोपको दोस्रो मात्रा लगाइने
कपन अनलाइन
काठमाडौं ,श्रावण २४। गोकर्णेश्वर नगरपालिकाले कोभिड १९ बिरुद्दको कोभिड शिल्ड दोस्रो मात्रा खोप लगाउने सम्बन्धि सार्वजनिक सुचना जारी गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यले जारी गरेको सुचनामा कोभिड- १९ बिरुद्दको कोभीशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई २०७८ साल श्रावण २५ गते र २६ गते बिहान १० :०० बजे देखि ४ बजे सम्म कोभिडशिल्ड खोप खोप कार्डको आधारमा निम्न खोप केन्द्रमा खोप लगाइने भएको हुँदा आफुलाई पायक पर्ने खोप केन्द्रमा जान सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ ।
खोप केन्द्रहरु
१) श्री ओख्रेनी मा बी गोकर्णेश्वर १ सुन्दरीजल
२) श्री सहयोगी माबी गोकर्णेश्वर ४ गोकर्ण
३) श्री गोकर्ण माबी गोकर्णेश्वर ४
४) श्री चामुण्डा माबी गोकर्णेश्वर ६ नारायणटार
५) चार्ल्स डार्विन एकेडेमी गोकर्णेश्वर ६ बन्चरेटार नया बस्ती
६) श्री अरुणोदय माबी गोकर्णेश्वर ९ आरुबारी खोप केन्द्र कायम गरिएको जानकारी गराइएको छ ।