गोकर्णेश्वर नगरपालिकाले कोभिड १९ बिरुद्दको भेरोसेल खोपको दोस्रो मात्राको लागि खोप केन्द्र तोक्यो

गोकर्णेश्वर  नगरपालिकाले कोभिड १९ बिरुद्दको भेरोसेल खोपको  दोस्रो मात्राको लागि खोप केन्द्र तोक्यो

कपन अनलाइन

काठमाडौँ, श्रावण २१ । गोकर्णेश्वर  नगरपालिकाले  आज  दोश्रो भेरोसेल खोप व्यवस्थापन सम्बन्धि बसेको बैठक सम्पन्न भएको छ । नगर प्रमुख श्री सन्तोष चालिसेको अध्यक्षतामा बसेको  बैठकमा उप प्रमुख शान्ति नेपाल, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य, सबै वडाका वडा अध्यक्ष, स्वास्थ्य शाखा प्रमुख लगायतको  उपस्थितिमा खोप लगाउन सहज बनाउन छ वटा खोप केन्द्र संचालनमा ल्याउने निर्णय भएको जानकारी गराइएको छ  ।

बैठकले २०७८ साल असार २९ गते देखि  २०७८ साल श्रावण ४ गते सम्म कोरोना भाइरस बिरुद्दको पहिलो खोप लगाएका नागरिकहरुलाई निम्न मिति , समय र स्थानमा भेरोसेल को दोस्रो खोप संचालन हुने भएको छ । २०७८ साल श्रावण २२ गते देखि २४ गते सम्म बिहान १० बजे देखि ४ बजे सम्म निम्न खोप केन्द्र बाट खोप लगाइने भएको छ ।

ओख्रेनी माबी गोकर्णेश्वर १ सुन्दरीजल,

सहयोगी माबी, गोकर्णेश्वर ४

गोकर्णे माबी गोकर्णेश्वर ४ (पाटीचौर)

 अरुणोदय माबी आरुबारी गोकर्णेश्वर ९

चामुण्डा माबी गोकर्णेश्वर ६ नारायणटार जोरपाटी

र चार्ल्स डार्बिन एकेडेमी गोकर्णेश्वर ६ बन्चेटार नयबस्ती खोप् केन्द्र तोकिएको छ ।

तपाइँको प्रतिक्रिया ।