नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको पहिलो बैठक सम्पन्न, नगर सचिवालय गठन
कपन अनलाइन
काठमाडौं, श्रावण २१ ।नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको पहिलो बैठक सम्पन्न भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा -१३ चुनिखेलको सार पार्टी प्यालेसमा आयोजना गरिएको बैठकमा नगर कमिटी सदस्य,शाखा अध्यक्ष र सचिवको नाम अनुमोदन गरिएको थियो भने नगर सचिवालय पनि घोषणा गरिएको थियो ।
नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा भएको सो बैठकमा केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला कमिटी अध्यक्ष कृष्ण राई , केन्द्रीय सदस्य तथा काठमाडौं सह इन्चार्ज नारायण सिलवाल , जिल्ला सचिव दिपक निरौला , क्षेत्रीय संयोजक तेज ढकाल , जिल्ला सदस्यहरु संगम गहतराज, बिदुर बिक्रम खड्का , मिठाराम अधिकारी, लक्ष्मी संग्रौला, सुशीला सिलवाल , अनिता लामा, बुढानिलकण्ठ नगर उपप्रमुख रमा राई लगायत अतिथि रहेका थिए। बुढानिलकण्ठ नगरपालिकाका सबै वडा कमिटीहरुको बैठक एक हप्ता भित्र राख्न निर्देशन दिएको सो बैठकले विभिन्न जन संगठनहरुको इन्चार्ज, शाखा कमिटी इन्चार्ज र केही विभागको प्रमुख पनि चयन गरेको छ।
तपाइँको प्रतिक्रिया ।