कागेश्वरी १ का पहिरो प्रभावित स्थानको नगर प्रमुख थापा द्वारा निरीक्षण

कागेश्वरी  १ का पहिरो  प्रभावित स्थानको  नगर प्रमुख  थापा द्वारा निरीक्षण

कपन अनलाइन

काठमाडौँ, श्रावण १८। कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ सहिद पार्क कुईकेल गाँउमा अविरल बर्षको कारण  गएका पहिरो प्रभावित स्थानको  नगर प्रमुख कृष्णहरि थापा सहितको टोलीले स्थलगत निरीक्षण गरेका छन ।आइतबार नगर प्रमुख सहितको टोलीले कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ मा भए गरेका विकास निर्माणको कामहरुको अनुगमन गर्ने क्रममा उनले अविरल बर्षाको कारण गएका पहिरो प्रभावित  र जोखिम युक्त स्थानहरुको  समेत निरीक्षण गरेका हुन।

उनले उक्त पहिरोले कुनै मानवीय क्षेती नगरे पनि थप क्षेती नहोस भनेर नगरपालिकाले सो पहिरो रोकथामका लागि आवश्यक काम गरिरहेको जानकारी गराएका छन । उनले आइतबार नै  लोकतान्त्रिक सहिद उधान कागेश्वरी-१ मा निर्माणाधीन  १९३२ केजीको अस्टधातुको कागको प्रतिमा अवलोकन गरेका छन ।

बढ्दै गएको र आधुनिकीकरण सँगै प्राकृतिक स्थलहरूको कमी हुँदै गएका कारण प्राकृतिक वातावरण जोगाएका क्षेत्रहरू पर्यटकको गन्तव्य बनिरहेको परिपेक्षमा  वातावरणलाई बिग्रन नदिई पर्यटनलाई दिगो बनाउने उदेश्य सहित नगरपालिकाले नगर भित्र रहेका पर्यटकीय स्थलहरुमा  पूर्वाधार निर्माण तथा प्रचार प्रसारमा लागि परेको नगर प्रमुख  कृष्णहरि थापाले बताएका छन।सदियौंदेखि  पर्यावरणको रक्षा गर्दै आएका स्थानीय बासिन्दासम्म पर्यटनको लाभ पुर्‍याउनु  नगरपालिकाको लक्ष्य रहेको र सोहि अनुसार काम गर्दै आएको उनले कपन अनलाइनलाइ जानकारी गराएका छन ।

तपाइँको प्रतिक्रिया ।