काठमाडौं गोङ्गबुका एक युवाको बिरगंजमा रहस्यमय मृत्यु

काठमाडौं गोङ्गबुका एक युवाको बिरगंजमा रहस्यमय मृत्यु

कपन अनलाइन

काठमाण्डौ,साउन १६ ।

काठमाडौंबाट वीरगंजमा लाइसेन्स नवीकरणका लागि आएका एक युवकको बिहीवार बिहान रहस्यमय तरीकाले मृत्यु भएको छ ।

वीरगंज महानगरपालिका-७ रामटोलमा अ चेत अवस्थामा भेटिएका युवकको ह त्या भएको प्रहरीले आशङ्का गरेको छ ।

काठमाडौं महानगरपालिका गोङ्गबु बस्ने २७ वर्षीय सुजन पाख्रिन लाइसेन्स नवीकरण गर्न वीरगंज आएका र गएराति अबेरसम्म वीरगंजमा साथीहरूसँग बसी बीयर खाएको अपुग भयो भन्दै बीयर लिन निस्केका पाख्रिन लामो समयसम्म नआएपछि खोज्दै जाँदा ग म्भीर घा इ ते अवस्थामा बिहान ३ बजे सडकमा फेला परेका थिए ।

घटनापछि तत्काल साथीहरूले नै प्रहरीलाई फोन गरी उपचारका लागि नारायणी अस्पताल लगेकोमा अस्पतालले युवकलाई मृ त घोषणा गरेको छ । युवकको मृत्युपछि प्रहरीले अनुसन्धानका लागि मृतकका ६ जना साथीलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले काठमाडौं टोखा नगरपालिका-२५ निवासी मनोज कार्की, मकवानपुरका २८ वर्षीय कुमार सिंह पाख्रिन, वीरगंज महानगरपालिका–७ का २७ वर्षीय विक्की लामा, २२ वर्षीय विक्की साह, बारा फेटा गाउँपालिका-३ बस्ने २७ वर्षीय धनञ्जय रजकलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता एवं डिएसपी ओमप्रकाश खनालले बताए ।

प्रहरीले घटनास्थलबाट बा २ ज ५७८५ नम्बरको कारसमेत नियन्त्रणमा लिएको छ । प्रहरीले शुक्रवार साँझसम्म विस्तृत विवरणसहित जानकारी गराउने जनाएको छ।

मृतक पाख्रिनको घाँ टीमा नी ल डा म देखिएको र उनले सिक्री, औंठीलगायत ८/१० तोला सुनको गहना समेत लगाएकोमा घटनास्थलमा फेला नपरेकोले उनको ह त्या लु ट पाटका लागि भएको हुन सक्ने अनुमान गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।