भ्वाइस अफ नेपालको अन्तिम चारमा को को पुगे ?

कपन अनलाइन

काठमाण्डौ,साउन १६ ।

भ्वाइस अफ नेपालको अन्तिम चारमा आर्यन तामाङ, तारा श्रीस मगर, ज्वाला राई र किरण गजमेर प्रवेश गरेका छन् ।
धेरै भोट पाएको आधारमा आर्यन टीम दीपबाट अन्तिम ४ मा प्रवेश गरेका हुन् भने तारा टीम राजु तथा ज्वाला टीम तृष्णा र किरण टीम प्रमोदबाट अन्तिम ४ मा प्रवेश गरेका हुन् ।

यस्तै अन्तिम ४ को दावेदारको रुपमा रहेका टीम दीपबाट गोविन पुन बाहिरिए भने सोनाम शेर्पा बाहिरिए । यसैगरी टीम तृष्णाबाट अफ्रिता खड्गी र टीम प्रमोदबाट रवीन गहतराज बाहिरिए । रवीन सिक्किमबाट भ्वाइस अफ नेपालमा आएका थिए ।

तपाइँको प्रतिक्रिया ।