गोकर्णेश्वर नगरपालिका वडा नं ५ नयाँबस्तीमा खुल्ला व्यायामशाला उद्घाटन
कपन अनलाइन
काठमाडौं, श्रावण १० । गोकर्णेश्वर नगरपालिका वडा नं ५ नयाँबस्तीमा खुल्ला व्यायामशालाको उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमका बीच बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामाले सो व्यायामशालाको उद्घाटन गरेका हुन ।बढ्दो सहरीकरण सँगै खुला ठाउँको अभाव भइरहेको बेला नागरिकलाइ स्वस्थ्य बनाउन खुल्ला व्यायामशाला निर्माण गरिएको हो ।गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीको पहलमा बागमती प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामा द्धारा प्रदेश पूर्बाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत नयाँबस्ती युवा क्लबको प्राङगणमा खुल्ला ब्यायामशाला निर्माणको लागि आ व २०७६/०७७ मा दश लाख र आ व २०७७/०७८ मा थप दश लाख गरी कुल बीस लाख बिनियोजन पश्चात व्यायामशाला निर्माण कार्य सम्पन्न भएको हो ।
उक्त ब्यामशाला उद्घाटन कार्यक्रममा गोकर्णेश्वर नगरपालिका ५ का वडा अध्यक्ष नारायण बहादुर सुबेदी, ६ का वडा अध्यक्ष रमेश अर्याल , गोकर्णेश्वर नगरपालिका वडा ५ का सदस्यद्धय मुकुन्द फुयाँल, दुर्गा फुयाँल तिम्सिना ,गोकर्णेश्वर नगरपालिका प्रशासनका भुपेन्द्र बोहरा,मानबअधिकार तथा शान्ति समाजका निबर्तमान केन्द्रिय सभापति उत्तम पुडासैनी, ,गोकर्णेश्वर नगरपालिकाका स्वयम्सेवक परिचालन कमिटीका संयोजक दिपक लामा,क्लबका पूर्ब अध्यक्ष सुरेश पौडेल ,सुरज बोहरा, लगायत स्थानीयको कार्यक्रममा उपस्थिति रहेको थियो ।कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष रामकुमार तामाङले गरेका थिए भने कार्यक्रम सञ्चालन क्लबका सचिव चन्द्रमणी गौतम गरेका थिए ।खानपान र जीवनशैलीमा आएको परिवर्तनले व्यक्तिमा विभिन्न प्रकारको दीर्घरोग बढिरहेको अवस्थामा स्वस्थ जीवन जिउनका लागि नियमित शारीरिक अभ्यासमा व्यायामशालाले उत्प्रेरित गर्ने अपेक्षा गरिएको छ ।